समाचार
विश्वप्रकाशलाई सिटौलाको आशीर्वाद : महामन्त्री जित्यौ, अझै माथि पुग्नू
नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौला कहाँ आशीर्वाद लिन पुगेका छन्। शनिबार चण्डोल पुगेका शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्। ‘हिजो जे–जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,’ नवनिर्वाचित शर्मानिकट एक नेताले भने, ‘महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु। देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु […]