मङ्लबार, मंसिर ८, २०८३
  • होमपेज
  • Breaking News
  • नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको आकर्षण
Breaking News

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको आकर्षण

चितवन।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा राखिएको जिरो ग्र्याभिटी राइडमा युवायुवतीको आकर्षण देखिएको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको छ । महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ । महोत्सवमा विभिन्न किसिमका स्टलहरुका साथै बाल उद्यान, जिरो ग्र्याभिटि राइड, ३६० डिग्रि राइड र पिरामिड गेट राखिएको छ । दैनिक विभिन्न सांस्कृतिक कार्यक्रम समेत भइरहेका छन् ।

विज्ञापन

जिरो ग्र्याभिटी राइडमा चढ्नका लागि भने युवायुवतीको घुईंचो नै लागेको देखिन्छ । नौलो अनुभव लिन पाएपछि जिरो ग्र्याभिटी राइड खेल्न आकर्षण देखिएको पाइन्छ ।

विज्ञापन

महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनैकुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सिमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रुपमा लिएको जनाएको छ । बाढीका कारण कुरुप र विजोक अवस्थामा पुगेको नारायणी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सुरु गरेको हो । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस