काठमाडौं,कात्तिक २७ –
नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् ।
भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरिएको पनि दूतावासले जनाएको छ ।






फेसबुक प्रतिक्रियाहरु