सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी नेताहरूलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध हुन्छ : विप्लव
समाचार

माओवादी नेताहरूलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध हुन्छ : विप्लव

झापा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् । समाजवादी मोर्चाले बुधवार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका हुन् ।

 

विज्ञापन

‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबैलाई बढारेर लैजान्छ’, उनले भने । आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस