अभिनेत्री एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने घोषणा गरेकी छन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनपछि उक्र क्षेत्रको सांसद पद रिक्त छ ।
उनले आफू इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको, तर कुन पार्टीबाट उठ्ने निश्चित नभएको बताएकी हुन् ।
विज्ञापन
एलिजाले केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी थिइन् । ‘कुराकानी धेरैसँग भएको छ,’ उनले भनिन्, ‘म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’
विज्ञापन
पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले आफ्नै निर्माणमा बनेको चलचित्र अनुराग र केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।
फेसबुक प्रतिक्रियाहरु