शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • देवघाट भ्रमणमा आएका दुई युवक नारायणीमा नुहाउने क्रममा बेपत्ता
समाचार

देवघाट भ्रमणमा आएका दुई युवक नारायणीमा नुहाउने क्रममा बेपत्ता

चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए ।

विज्ञापन

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबा खटिएको टोलीले बेपत्ता भएकाको खोजी कार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस