आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • निकुञ्ज ऐन संशोधन गर्न पहल गर्नेछुः डा भोजराज
समाचार

निकुञ्ज ऐन संशोधन गर्न पहल गर्नेछुः डा भोजराज

भरतपुर । प्रतिनिधि सभा चितवन ३ का उमेदवार डा. भोजराज अधिकारीले निकुञ्ज ऐन संशोधन गरेर जनताको संरक्षण गर्ने बताएका छन्। उनले वन्यजन्तु र मानवबिचमा हुने द्वन्द्व न्युनिकरण गर्न नितिगत सुधार गर्ने बताए।

चितवन ३ (ख) अन्तर्गत माडी क्षेत्रमा भएको चुनाव केन्द्रीत छलफलमा डा. अधिकारीले वन्यजन्तु वनमै र मानव समुदाय घरमै रमाउने गरि योजना बनाईने बताएका छन्। ‘जनावरलाई बनमा सुरक्षित हुने र हामीलाई घर वरपर सुरक्षित हुने गरि मैले निति निर्माण गर्छु, डा.भोजराजले भने, यहाँको जनजिविका सुधारका लागि पनि काम गर्ने मन छ। यहाँको आवश्यकतालाई महशुस गर्दै प्रदेश स्तरिय विशिष्टिकृत अस्पताल बनाउने उनको चाहाना छ। बघौंडा अस्पताललाई ५० शैयाको विशेष सुविधासहित विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन

प्रदेश (ख) मा माओवादी केन्द्रका उमेदवार ठाकुर प्रसाद ढकालले माडीमा बाकी रहेका विकास निर्माणका आयोजनालाई अघि बढाउने बताए। मुल सडकदेखि भित्री सडक केही मात्रामा कालोपत्रे गर्ने क्रम मैले सुभारम्भ गरेँ, उनले भने, पुल निर्माण सम्पन्न देखि भित्री सडक पुर्वाधार कालोपत्रे गर्ने जिम्मेवारी सहित मलाई निर्वाचित गराउहोस्, । माडीमा रहेका बेला गठबन्धनका उमेदवारहरूले केही सहिद परिवारसँग पनि भेटघाट गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस