शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • काभ्रे एमालेका नगर कमिटी सह-इञ्चार्ज र उपसचिव माओवादीमा प्रवेश
समाचार

काभ्रे एमालेका नगर कमिटी सह-इञ्चार्ज र उपसचिव माओवादीमा प्रवेश

काभ्रे । नेकपा एमाले काभ्रेका धुलिखेल नगर कमिटी सह-इञ्चार्ज र खानीखोला गाउँपालिका कमिटीका उपसचिव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जिल्ला कमिटी सदस्य एवं धुलिखेल नगर कमिटी सह-इञ्चार्ज यसबहादुर तामाङ र युवा संघ नेपालका केन्द्रीय सदस्य एवं खानीखोला गाउँपालिका कमिटीका उपसचिव विरेन्द्र ब्लोन नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्।

विज्ञापन

नेकपा माओवादी केन्द्र पनौती नगर कमिटीले मंगलबार आयोजना गरेको पुनर्मिलन कार्यक्रममा उनीहरूसहित केही युवाहरू एमाले पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका बताइएको छ।

विज्ञापन

नवप्रवेशीहरूलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार सूर्यमान दोङले टीका लगाएर स्वागत गरे।

उनीहरू पहिले पनि माओवादीमा थिए। नेकपा विभाजन भएपछि उनिहरू एमालेमा गएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस