काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसहित वामपन्थीहरू मिलेर पार्टी एकताको तयारी गरिएको बताएका छन् ।
मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले एकताका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने तयारी गरिएको पनि बताए ।
विज्ञापन
विज्ञापन
उनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै रहने पनि बताए । नेकपा पछाडि समाजवादी रहनसक्ने पनि उनले बताए ।
“माधवजीहरूसँग एकता गर्न हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ । नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ । तर नेकपा पछाडि समाजवादी वा त्यस्तो केही जोडिन सक्छ,” उनले भने ।
तर, सबै काम आगामी चुनावपछि हुने उनको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु