शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • Breaking News
  • अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा
Breaking News

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।

अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार विहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । सोहीअनुसार शर्माले अर्थमन्त्रीबाट राजीनामा घोषणा गरेका हुन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस