शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था दिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै कांग्रेस महामन्त्रीद्वय
समाचार

विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था दिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै कांग्रेस महामन्त्रीद्वय

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् ।

महामन्त्रीद्वयले आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागिएको महामन्त्री शर्माले जानकारी दिए ।

विज्ञापन

मंगलवार बिहान महामन्त्री शर्मा र थापा निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

विज्ञापन

‘आज बिहान ११ बजे हामीले प्रमुख आयुक्तलाई भेट्ने कार्यक्रम छ, त्यहाँ हामीले निर्वाचनका विषयमा सल्लाहसुझाव र केही ध्यानाकर्षण समेत गराउन लागेका छौं,’ महामन्त्री शर्माले लोकान्तरसँग भने ।

महामन्त्रीद्वयले सोमवार पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था मिलाउनका लागि काम गर्न ध्यानाकर्षण गराएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस