शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • महराले भने– एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ
समाचार

महराले भने– एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि नेतृत्वले झुकेर सम्झौतामा हस्ताक्षर गर्नसक्ने बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताए । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे ।

“एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरुद्ध छ । सबै पार्टीहरूले बोले केही संसद्मा भएका र संसद बाहिर रहेका पार्टीहरूले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरू झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ?,” उनले भने ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस