काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बनाएर आफूहरुको भविष्य समाप्त गर्न खोज्नेहरुपराजित भएको बताउनु भएको छ ।
गृह जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिकामा आज आयोजित बधाई तथा शुभकामनासभालाई सम्बोधनका क्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
विज्ञापन
महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेको भविष्य समाप्त गर्न खोजियो। तर पाँच दलीय गठबन्धनको चुनौती चिर्दै हामी सुरक्षित भयौँ ।
विज्ञापन
२०७४ मा भन्दा धेरै जनादेश एमालेले अहिले पाएको छ। जसले गठबन्धनबाट चुनाव लडेकाछन् उनीहरुले भविष्य कमजोर बनाएकाछन्।’
महासचिव पोखरेलले अब एमालेले जस्तोसुकै शक्तिसँग लड्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेले अब जुनसुकै शक्तिसँगमुकाबिला गर्ने, लड्न सक्ने सामर्थ्य एमालेले बनाएको छ ।
६ महिनापछि हामी फेरि चुनावमा जानुपर्ने छ। अब एमालेसँग मुकाबिला गर्ने सामर्थ्य कसैसँग छैन।’
फेसबुक प्रतिक्रियाहरु