सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रमा भर्याङ हाल्ने कुरा गरे पनि काम नगरेको बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले ओलीले बिजुली बस विस्तार गर्छु भनेर गफ मात्रै गरेको आरोप लगाइन्।
विज्ञापन
‘अहिले काठमाडौंमा सफा टेम्पो बाहेकका बिजुली सवारी गुडेको देखिँदैन,’ उनले भनिन्, ‘बेलुनले सजाएका ठूलाठूला बिजुली बस पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पत्रिकामा देखिएको थियो। तर ती बस अहिले कहाँ चलिरहेका छन्?’
विज्ञापन
ओलीले चलाउनका लागि नभएर देखाउनका लागि मात्रै ती बस ल्याएको मन्त्री झाँक्रीले आरोप लगाइन्। ‘सरकारले दुइटा बिजुली बस देखाएर विद्युतीकरण हुँदैन। निजी क्षेत्रले चार वटा बिजुली कार किन्दैमा पनि परिवर्तन भइहाल्दैन। यसका लागि नीति आवश्यक छ,’ उनले भनिन्।
फेसबुक प्रतिक्रियाहरु