On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • हाम्रो एजेन्डा जनताले रुचाए भन्ने पुष्टि भएको छ : वर्षमान पुन
Breaking News

हाम्रो एजेन्डा जनताले रुचाए भन्ने पुष्टि भएको छ : वर्षमान पुन

काठमाडौँ।

 

विज्ञापन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।

विज्ञापन

 

 

 

 

निर्वाचन परिणामले माओवादी केन्द्रको एजेन्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रियासमेत उनले दिए । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको उनको भनाइ थियो । ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेन्डा देशमा स्थापित छ । त्यो एजेन्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा योभन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवार मिलाउने, आन्तरिक मतभेद मिलाउनेमा हामी सकेनौँ । नत्र योभन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए।

‘कतिपय ठाउँमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनविरुद्ध, लोकतन्त्र रक्षाका लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझै पनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मूलत: सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन,’ उनले भने ।

 

उनले अहिले पनि २५ प्रतिशत पालिकामा मात्रै गठबन्धन भएकाले हार जितको कारण यही हो भन्न नमिल्ने उनको भनाइ थियो । उनले भने, ‘अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेन्डा छन् । मूल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मूलत: सफल भएको छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस