भरतपुर।
विज्ञापन
पाँच दलिय गठबन्धनले चितवनमा आइतबारदेखि चुनाव प्रचारप्रसार अभियानलाइ्र्र तीव्र पारेको छ । नेकपा माओवादी केन्द्र,काँग्रेस, एकिकृत समाजवादी जनमोर्चा र जनता समाजबादी सहितको संयुक्त गठवन्धनले चितवनका सबै पालिका र वडा स्तरमा कार्यालय पनि स्थापना गरेको छ ।
विज्ञापन
यसैबिच भरतपुर–९ मा रहेको गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्न आइतबार आएकी मेयरकी उम्मेदवार रेनु दाहालले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन अपिल गरिन् । उनले जनताको घर घरमा पुगेर गठबन्धनका उम्मेदवारलाई मत हाल्ने मतदाता शिक्षा सिकाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिइन् । भरतपुर महानगरकी तत्कालीन मेयर समेत रहेकी दाहालले विकास निर्माणका कामहरुलाई सम्पन्न गर्न पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिइन् ।
त्यसैगरी उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले जननिर्वाचित संसदलाई पटक पटक विघटन गर्ने ओली प्रवृतिका विरुद्ध पाँच दलिय गठबन्धन चुनावमा आएको बताए ।
संसद विघटन गरेर संविधान च्यात्नेका विरुद्ध पाँचदलिय गठबन्धनका उम्मेदवारलाई जिताएर जनसंविधान बचाउन पनि अधिकारीले जनतासँग आग्रह गरेका छन् ।
वडा नं ९ का निबर्तमान अध्यक्ष एवम् वडाअध्यक्षका उम्मेदवार यमलाल कंडेलले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन घर घरमा मतदाता शिक्षा संचालन गर्नुपर्ने बताए ।
मेयरका उम्मेदवार रेनु दाहालको नेतृत्वमा मात्र भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सकिने कुरामा पनि उनले जोड दिए । भरतपुर ९ मा नेकपा माओवादी केन्द्र,काँग्रेस र नेकपा एकिकृत समाजवादी बिच गठबन्धन भएको छ । गठबन्धनका उम्मेदवारहरु घर घरमा भोट माग्न ¥याली र झण्डा बोकेर हिँडेका छन् ।
फेसबुक प्रतिक्रियाहरु