सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिकाले भन्यो- हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं
समाचार

अमेरिकाले भन्यो- हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं

काठमाडौं।  अमेरिकाले एमसीसीका सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको स्पष्ट पारेको छ। हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेताहरुसँगको टेलिफोन वार्तामा एमसीसी पास नगरे राम्रो नहुने धम्की दिएको खबरको अमेरिकाले खण्डन गरेको छ।

 

विज्ञापन

काठमाडौंस्थित अमेरिकी दूतावासले धम्की दिएको घट्ना पूर्णरुपमा गलत भएको जनाएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले भनेका छन्, ‘हामीले नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौं। एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र नेपाल एक्लैको निर्णय हो।’

विज्ञापन

उनले नेपाली नेताहरुले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ गरेपछि आफूहरुले अनुमोदनको पक्रियामा लैजान आग्रह गरेको स्पष्ट पारे। ‘हामीले यतिमात्र भन्न खोजेका हौं कि एमसीसी सम्झौतालाई अनुमोदन गर्न मतदानको प्रक्रियामा ल्याइयोस् ता कि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आफ्नो भनाइ राख्न सकून्,’ उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस