चितवन ।
माडी नगरपालिका वडा नम्बर ९ स्थित बाँदरझुलाबासीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेको कुरा पुरा गरेको बाँदरझुलाबासीले बताएका छन् ।
विज्ञापन
बाँदरझुलामा सुकुम्बासीका लागि लालपुर्जा वितरणको प्रारम्भिक कार्य सुरु भएसँगै बाँदरझुलाबासी उत्साहित बनेका छन् । बाँदरझुलाका विभिन्न कार्यक्रममा पुग्ने क्रममा अध्यक्ष प्रचण्डले सुकुम्बासीलाई जग्गा दिने प्रतिवद्धता व्यक्त गर्र्दै आउनु भएको थियो । प्रतिवद्धताअनुसार आयोगले खटाएका कर्मचारीहरु फिल्डमा नापी गर्नका लागि खटिएसँगै यहाँका स्थानीयहरु खुसीले गदगद भएका छन् ।
विज्ञापन
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्वप्रधानमन्त्री एवम् पाटी अध्यक्ष प्रचण्डले माडीका सुकुम्बासीलाई लालपुर्जाको वितरणको कार्यक्रम बाँदरझुलाबाट सुरु गर्न आयोगलाई निर्देशन दिनुभएको थियो ।
विस २०४८ सालदेखि नेपाल भारत सीमा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो बस्तीका स्थानीयहरु लालपुर्जा विहिन छन् ।
फेसबुक प्रतिक्रियाहरु