आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली र राष्ट्रपति भण्डारीको भेट: गठबन्धन टुटाउने र बाम एकता गर्ने चर्चा
समाचार

केपी ओली र राष्ट्रपति भण्डारीको भेट: गठबन्धन टुटाउने र बाम एकता गर्ने चर्चा

काठमाडौँ। 

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

विज्ञापन

पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओली शितलनिवास पुगेको बताइएको छ । संसद अधिवेशन खुलाउन कांग्रेसले गरेको आग्रहबारे पनि ओलीले राष्ट्रपतिसँग छलफल गर्न लागेको स्रोतले बताएको छ ।

विज्ञापन

शनिबार साँझ अध्यक्ष ओली शितलनिवास पुगेको बताइएको छ । सरकारलाई राष्ट्रपति भण्डारीले चुनाव समयमै गर्न दवावपत्र पठाएको केहिदिनमै ओली शितलनिवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

त्यतिमात्र होइन पाँच दलीय सत्ता गठबन्धन टुटाउने, कांग्रेस र एमालेको समर्थनमा एमसीसी अनुमोदन गराउने र फेरि बाम गठबन्धन बनाउन राष्ट्रपति भण्डारी लागिरहेको चर्चाबीच भएको यो भेट आफैमा अर्थपूर्ण छ ।

ओलीले सँसद अधिवेशन, एमसिसी सम्झौता, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल गर्न चाहेर राष्ट्रपतिसँग समय मागेको बताइएको छ । शनिबार साँझ करिव ६ बजे शितलनिवास पुगेका ओली साढे एक घण्टा त्यहाँ बिताएको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस