शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • अभिनेत्री राधिकाले करियरको पहिलो सुटिङमा नै किन्नुपरेको थियो गर्भनिरोधक चक्की !
बलिउड/हलिउड

अभिनेत्री राधिकाले करियरको पहिलो सुटिङमा नै किन्नुपरेको थियो गर्भनिरोधक चक्की !

काठमाडौं ।

बलिउड अभिनेत्री राधिका मदनले ‘पटाखा’, ‘शद्दत’, ‘हिन्दी मिडियम’लगायतका फिल्ममा काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । टिभीबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री राधिकाले पछिल्लो समय बलिउडमा लगातार हिट फिल्म दिइरहेकी छन् ।

विज्ञापन

लगातार हिट फिल्म दिइरहेकी अभिनेत्री राधिकाले आफ्नो करियरको पहिलो दिनको सुटिङमा नै केही यस्तो गर्नुप¥यो, जुन सुनेर हामी सबैलाई आश्चर्य लाग्नसक्छ ।

विज्ञापन

किनिन् गर्भनिरोधक चक्की !

फिल्म ‘सिद्दत’को प्रमोशनका क्रममा अभिनेत्री राधिका मदनले एक अन्तर्वार्तामा आफ्नो करियरको सुरुवातमा निकै संघर्ष गर्नुपरेको बताएकी छन् । उनले आफ्नो डेब्यूको बारेमा खुलासा गर्दै भनेकी छन्, ‘त्यो मेरो सुटिङको पहिलो दिन थियो र मैले सुटिङको पहिलो दिनमै गर्भनिरोधक चक्की किनेकी थिएँ ।’

निर्देशकले गर्भनिरोधक चक्की किन्न आग्रह गर्दा आफू अचम्मित परेको उनले बताइन् । उनले भनिन्, ‘यद्यपि त्यो मेरो पहिलो शट थियो, त्यसैले मैले यसलाई लिनुप¥यो ।’

अभिभावकको प्रतिक्रिया

राधिका मदनले थप भनिन, ‘त्यतिबेला मलाई सरप्राइज दिन आमाबुवा मेरो घर पुगेका थिए । उनीहरुलाई देखेर म खुसी भए । तर, घरमा गर्भनिरोधक चक्की देखेपछि उनीहरु छक्क परे ।’ राधिकाले भनिन्, ‘मेरो बुवाले औषधि हेरेर अचम्मित हुनुभयो, तर केही भन्नुभएन ।’

इरफान आनको पछिल्लो फिल्मबाट पाइन् पहिचान

अभिनेत्री राधिका मदनले ‘पटाखा’ र ‘मर्द को दर्द नही होता’ फिल्मबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् । तर, राधिकाले इरफान खानको अन्तिम फिल्म ‘हिन्दी मिडियम’मा इरफानको अन–स्क्रीन छोरी बनेर दर्शकहरुको मन जितेकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस