Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्री आलेको अर्को निर्देशन : विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउनु
समाचार

मन्त्री आलेको अर्को निर्देशन : विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउनु

काठमाण्डाै ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन दिनुभएको छ।

विज्ञापन

लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि भैरहवा जाने क्रममा विमानस्थलको आन्तरिक कक्षको निरीक्षण गर्दै मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई ध्यानमा राखेर आवागमन कक्षलाई फराकिलो बनाउन तथा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

विज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उप–महानिर्देशक प्रेमनाथ ठकुरले तत्काल आवागमन कक्ष फराकिलो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । ठाउँको पहिचान तथा बजेट व्यवस्थापनको तत्काल काम अगाडि बढाउने उहाँको भनाइ छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस