बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • समाचार
  • अञ्जानमा मेरो गाडीले हिलो छ्यापेकोमा क्षमा चाहन्छु, गुनासो भए सम्पर्क गर्नुस् : वामदेव गौतम
समाचार

अञ्जानमा मेरो गाडीले हिलो छ्यापेकोमा क्षमा चाहन्छु, गुनासो भए सम्पर्क गर्नुस् : वामदेव गौतम

ठेकेदारको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र रहेको ललितपुरको भैँसेपाटी सडकको ओरालोमा आफ्नो गाडीले एक सर्वसाधारणलाई हिलो छ्यापेको घटना सम्बन्धमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दुःख व्यक्त गरेका छन् ।

 

विज्ञापन

बिहीवार दिउँसो पौने २ बजेको समयमा भैँसेपाटीबाट एयरपोर्ट जाने क्रममा गौतम चढेको गाडीले निर्माणाधीन सडकमा एक जना मोटरसाइकल चालकलाई हिलो छ्यापेको थियो ।

विज्ञापन

 

 

मोटरसाइकलमा सवार सर्वसाधारणमाथि हिलो छ्यापिएपछि उनले सडकमा आक्रोश व्यक्त गरेका थिए । राष्ट्रिय सभाका सदस्य समेत रहेका गौतमले आफू सवार गाडीबाट मोटर साइकलमा सवार चालकलाई हिलो छ्यापिएको घटना सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

‘मेरो गाडीले मोटरसाइकलमा सवार व्यक्तिलाई हिलो छ्यापिएको घटनाबाट म अत्यन्त दुःखी छु र क्षमायाचना गर्न चाहन्छु,’ गौतमले भने, ‘हामीबाट अञ्जानमा भएको गल्तीप्रति खेद व्यक्त गर्दछु ।’

 

गौतमले आफ्नो नम्बर दिँदै पीडित व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । उनले सबै हिसाबले क्षतिपूर्ति गर्न तयार रहेको बताएका छन् ।

‘हामी पर पुगेपछि मात्र हाम्रो गाडीले उहाँलाई हिलो छ्यापेको भन्ने थाहा पायौं, उहाँसँग सम्पर्क नभएकाले मेरो निम्न नम्बर (९८६९१३३६८१) मा फोन गरेर सम्पर्कमा आउन आग्रह गर्छु,’ गौतमले भने ।

ठेकेदारले समयमा निर्माण सम्पन्न नगर्दा यो सडकमा पैदल यात्रु र सवारी साधनमा यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्दै आएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस