राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्णरूपमा जनताको विश्वास गुमाएको बताएका छन् ।
विज्ञापन
कांग्रेस महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले जनताको नजरमा नेताहरूप्रतिको विश्वास पूरै गुमेको बताएका हुन् ।
विज्ञापन
‘सरकार सरकार जस्तो छैन, संसद संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन,’ लिङ्देनले भने, ‘यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।’
उनले गाउँमा नेताहरू पुग्दा जनताले कुनचाहिँ चोर आएछ भन्न थालेको समेत बताए ।
‘नेता आउँदा कुन नेता आए भन्दैनन्, कुन चोर आएछ भनेर भन्छन्,’ लिङदेनले भने ।
फेसबुक प्रतिक्रियाहरु