सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • केपी ओलीले लगाए गगन थापामाथि चोरीको आरोप
समाचार

केपी ओलीले लगाए गगन थापामाथि चोरीको आरोप

काठमाडौं । 

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता गगन थापामाथि चोरीको आरोप लगाएका छन् । ओलीले आफूहरूले ल्याएको नारा पटकपटक चोरी भएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

विज्ञापन

शुक्रवार नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै उनले गगनले एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपालः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे।

विज्ञापन

कार्यक्रममा ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताए। नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको उनले बताएका छन्।

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे। नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उनले बताए। अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए।

उनले भने, ‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमाले विरुद्ध छ। अलिक राम्रैसँग मेरा विरुद्ध छ। उद्देश्य के छ, के हो उनको देशको उद्देश्य भन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने। एउटा कुटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा। बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन। लेखेर, हेरेर, पढेर फेरी बिचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो। त्यसको बाधक नेकपा(एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिदैँन। उसले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्छ। त्यसकारण हाम्रो विरोधी हो। उनको स्पष्ट छ लेखाई। त्यो कुरा हामीले बुझ्नुपर्दछ। हामी कसैलाई नेपाललाई उनीहरुको हातको नियन्त्रित ढंगको अराजकता, अस्थिरताजस्ता कुराहरु यहाँभित्र पस्न दिदैनौँ, खेल्न दिदैनौँ। खेलिहाल्यो भने पराजित गर्नेछौँ।’

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताए। एमालेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ। एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपालः सम्मानित नेपाली’ बनाइएको उनले टिप्पणी गरे। नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को नारा अघि सारेका थिए। ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन्। उनले भने, ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखि नेपाली भन्यौँ। अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरु निस्किन खोज्या देखिन्छ। राम्रो कुरा हो त्यो। तर पहिले यस्तै भएको थियो। आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो। त्यसलाई अनेक खालका नामहरुमा त्यसलाई परिवर्तन गर्न खोजियो।’

उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गरे। एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उनले नेताहरुलाई आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १८ घन्टा अगाडि

भर्खरै

सिफारिस