सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • एमाले र जसपाका दुई दर्जन बढी नेता माओवादी केन्द्रमा प्रवेश
समाचार

एमाले र जसपाका दुई दर्जन बढी नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडाैं।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का दुई दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पर्सा जिल्लाबाट पार्टी प्रवेश गरेका ती नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन्।

विज्ञापन

कार्यक्रमकाे सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सिंगो पार्टीको ध्यान अहिले विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताए। उनले भने, ‘अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं ।

विज्ञापन

हाम्रो ध्यान चाहिँ समाजवादी क्रान्तिको विकास कसरी गर्ने भन्नेमा छ ।’ उनले मधेशकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको पनि बताए। उनले भने, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेशमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।’

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए। उनले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे।

पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेशका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएका थिए । झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस