मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • नारायणी किनारलाई दुवई र सिंगापुरको पर्यटकीय स्थलजस्तै बनाउँछौं : मेयर दाहाल
समाचार

नारायणी किनारलाई दुवई र सिंगापुरको पर्यटकीय स्थलजस्तै बनाउँछौं : मेयर दाहाल

चितवन।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनार क्षेत्रलाई दुवईको वाटरपार्क र सिंगापुरको सन्तोषा आइसल्याण्ड जस्तै बनाउने गरि काम गरिने बताएकी छन् ।

विज्ञापन

शनिबार सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै मेयर दाहालले नारायणी नदी किनार क्षेत्रको शिवघाटसम्मको २ सय विघा क्षेत्रलाई पर्यटकीय स्थल बनाउने गरि गुरुयोजना तयार पारिएको बताइन् । ‘स्वदेशी मात्र होइन विदेशी पर्यटकको समेत ध्यान तान्नेगरि पर्यटकीय गतिविधि हुने काम गर्दैछौं’–मेयर दाहालले भनिन् । उनले पर्यटकीय स्थल बनाउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आतुर रहेको बताइन् ।

विज्ञापन

 

 

 

मेयर दाहालले यसका लागि स्वदेशी र विदेशी लगानी कर्ताहरुले आ–आफ्नो तरिकाले गुरुयोजना बनाइरहेको बताइन् । उनले स्वदेशी वा विदेशी लगानीकर्ता मध्ये कसलाई दिने भन्ने विषयमा यहाँका सरोकारवाला पक्षसंग छलफल गरेर मात्र अघि बढ्ने बताइन् । ‘रमणीय पर्यटकीय स्थल बनाउन धेरै खर्च लाग्छ, हामी विदेशी वा स्वदेशी लगानी मध्ये एकलाई अवसर दिन्छौं, नारायणी किनारलाई अन्तर्राष्ट्रिय स्तरको रमणीयस्थल बनाउँछौं’–मेयर दाहालले भनिन् ।

मेयर दाहालले नारायणी किनारलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न पर्यटन विभागको बजेटबाट पैदल मार्ग र पार्किङ स्थल निर्माण गर्न लागिएको बताइन् । ‘नारायणी किनारलाई व्यवस्थित गर्न २९ करोडको गुरुयोजना बनेको छ, महानगर एक्लैले खर्च गर्न नसक्ने भएर पर्यटन विभागलगायतसंग समन्वयमा निर्माण गर्दैछौं’–मेयर दाहालले भनिन् ।

उनले डीपीआर अनुसार फुट ट्रेल, चिल्ड्रेन पार्क, स्मार्ट शौचालय, पार्किङ, सनसेट र सनराईज भ्यू, आरती गर्ने स्थललगायतका स–साना संरचनाहरु निर्माण हुने छन् । तर हाललाई ६ करोड ६७ लाख ८६ हजारमा लागतमा ३ वटा पार्किङ स्थल र २.५ किलोमिटरको पैदल मार्ग बनाउन सम्झौता भएर काम अघि बढेको मेयर दाहालले जानकारी दिइन् । नारायणी अनलाईनबाट साभार

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस