सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्नेछ: प्रचण्ड
समाचार

आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्नेछ: प्रचण्ड

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् ।

विज्ञापन

शनिबार (आज) भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनलाई इंगित गर्दै चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका हुन् ।

विज्ञापन

आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’

त्यस्तै अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउदै सबैको महाधिवेशन चितवनमा भइरहेको जिकिर समेत गरे । त्यसोत, केही दिन अगाडि मात्रै चितवनमा नेकपा (एमाले) को महाधिवेशन सम्पन्न गरिएको थियो ।

महाधिवेशनले नयाँ विचार दिनुपर्ने उल्लेख गर्दै उनले मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस