काठमाडौँ ।
बिभिन्न पाटी परित्याग गरी दुई दर्जनबढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई आज एक समारोहबीच अध्यक्ष प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्षले नेकपा माओवादी केन्द्रको सदस्यता नवीकरण कार्य रोकिको भएपनि छिटै नै १० लाख पार्टी सदस्य बनाउने बताए । गत महिनाको २५ गतेसम्म नेकपा माओवादी केन्द्रको लाख सदस्यता नवीकरण गरिसकेका छन् । सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए ।
विज्ञापन
गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याइयो ।’
विज्ञापन
जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे
फेसबुक प्रतिक्रियाहरु