शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले जनतालाई कहिल्यै धोका दिने छैन : ईश्वर पोखरेल
समाचार

एमालेले जनतालाई कहिल्यै धोका दिने छैन : ईश्वर पोखरेल

नेकपा एमालेको दसौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेल आफूहरुले कहिले जनतालाई कहिले धोका नदिने बताएका छन्।

महाधिवेशनबाट विजयीहरुको घोषणा सभा तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधनका उनले यस्तो बताएका हुन्।

विज्ञापन

‘हाम्रो तर्फबाट जनतालाई कहिले धोका हुने छैन’, उनले भने, ‘कसैले जनतालाई धोका दिन्छ भने हामी प्रतिकार गर्न तयार छौँ।’

विज्ञापन

उनले देश अहिले दुईतर्फ ध्रुवीकृत भएको पनि बताए। ‘देश अहिले ध्रुवीकृत भएको छ। एमाले एकातिर छ भने अरु अर्कातिर छन’, उनले भने, ‘अब एमाले अर्को पटक बहुमत ल्याउने गरी अघि बढ्छ। कमरेडहरु तपाईंहरु त्यही अनुसार लाग्नु होला।’

उनले आगामी निर्वाचनमा २०७४ को भन्दा पनि धेरै मतसहित एमाले पहिलो शक्ति हुने पनि बताएका छन्।

‘एमालेको नयाँ समिति ५ वर्षे कार्यकाल बिताउन मात्रै निर्वाचित भएको होइन’, उनले भने, ‘एमालेले देशलाई समाजवादतिर लैजाने दिशामा अब काम गर्नेछ। जनताका लागि काम गर्नेछ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस