शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • समाचार
  • घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन : ओली
समाचार

घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन : ओली

काठमाण्डाै।

 

विज्ञापन

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियाे बनाउने बताउनुभएको छ ।

विज्ञापन

पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यकाे शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु र मेहनती भएकाले पार्टी थप बलियो हुने ओलीको भनाइ छ । उहाँले हरेक समस्यालाई सृजनात्मक र चनाखो ढङ्गले अध्ययन गरेर समाधानको बानी बसाल्न सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले एमालेका नेता/कार्यकर्ता अध्ययनशील बन्नुपर्ने र अरू पार्टीले एमालेबाट अनुसरण गर्न सक्ने खालको बन्नुपर्ने बताउनुभयो । उहाँले घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन नसक्ने भन्दै नागरिकको सेवामा विनम्रताका साथ लाग्ने व्यक्ति मात्रै नेता बन्न सक्ने बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस