काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सत्तामा बस्दा थुपारेको कालो धन गाडी, घोडामा खर्चेर एमालेले चितवनमा पाँच लाख उतार्न लागेको आरोप लगाएका छन् ।
विज्ञापन
डा. भुसालले भने, “सत्तामा बस्दा थुपोरेको कालो धन गाडी, घोडामा खर्चेर पाँच लाख मानिस उतार्ने भनिएको छ ।
विज्ञापन
पाँच करोड जनता भएको ठाउँमा पाँच लाख जम्मा हुनु कुन अनौठो भयो र ? राजा ज्ञानेन्द्रको सभामा कति मान्छे थिए, याद छ ? मान्छे जम्मा गरेर पनि ज्ञानेन्द्रको हालत के भयो ? ओलीको हविगत पनि त्यही हुने हो ।
भुसालले भने, “एक जना सनकीले सनकको भरमा के भन्छ, त्यसले के अर्थ राख्छ ?
नेपालको ऐन, कानुन र संविधानले हामीलाई अवैध भनेको छैन । एमाले महाधिवेशन केवल एक जना व्यक्तिलाई अध्यक्ष बनाउन छाप लगाउन जम्मा भएको भीड हो । त्यहाँ ओलीको प्रशस्ति गाउने मात्र काम हुन्छ । शुभ काम गर्नेलाई पो शुभकामना दिने ?
एमालेले जबज छाडिसकेको उनले आरोप लगाए । उनले थपे, “जबज भनेको विचारको विविधता हो । के त्यहाँ फरक मत राख्न दिइएको छ रु जबज अनुसारको विधि, पद्धति, आचरण छ ? भ्रष्ट र भाटको झुन्ड जम्मा गरेर के हुन्छ ?”
एकीकृत समाजवादीले देशव्यापी संगठन विस्तार गरिरहेको बताउँदै उनले आगामी निर्वाचनमा एमालेको हैसियत देखिने बताए । उनले भने, “एमाले त कुनै जमानामा पहिलो पार्टी थियो । कहिले कोही ठूलो दल हुन्छ, कहिले कोही ठूलो दल हुन्छ ।
हामीले हार्छौं या जित्छौं, त्यो कुनै ठूलो कुरा होइन । हामी एकचोटि हारे अर्को चोटि जितौंला । कुन पार्टीले कस्तो विचार व्यक्त गर्छ भन्ने नै महत्त्वपूर्ण हो ।”
न्यायालयको मामला सरकारले हस्तक्षेप गर्नुपर्छ भन्ने कुरा नै गलत भएको उनको धारणा छ । उनले थपे, “यो शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत छ ।
लोकताान्त्रिक शासन व्यवस्थामा कार्यपालिकाले न्यायपालिकालाई हस्तक्षेप गर्न मिल्दैन । न्यायपालिका आफैंमा स्वतन्त्र छ ।”
फेसबुक प्रतिक्रियाहरु