आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘आगामी चुनावमा एमाले दुईतिहाइ, कांग्रेस हाफ, माधव-प्रचण्ड पत्तासाफ’ : महेश बस्नेत
समाचार

‘आगामी चुनावमा एमाले दुईतिहाइ, कांग्रेस हाफ, माधव-प्रचण्ड पत्तासाफ’ : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले अबको निर्वाचनमा माधव नेपालको एकीकृत समाजवादी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पत्तासाफ हुने बताएका छन्।

पार्टीनिकट साइबर सर्कलको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

विज्ञापन

‘अबको चुनावमा एमालेले दुईतिहाइ बहुमत ल्याउँछ, केपी ओली फेरि प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने, ‘त्यही चुनावबाट कांग्रेस हाफ हुन्छ, माधव-प्रचण्डहरू पत्तासाफ भएर सकिन्छन्।’

विज्ञापन

बस्नेतले एमालेमा अहिले बेग्लै आकर्षण रहेको पनि बताएका छन्। ‘अहिले एमालेमा आकर्षण छ। कांग्रेस आफैँ टाउको फोडाफोड गरेको छ एमालेलाई के चुनौती दिन्छ?’, उनले भने, ‘हाम्रो महाधिवेशन सफल बनाउन र आगामी चुनावमा जिताउन साइबर सर्कलले कुरा बुझेर जानुपर्छ।’

बस्नेतले यो महाधिवेशनबाट दुईतिहाइ ल्याउने सन्देश दिने पनि बताए। ‘यो महाधिवेशनमा दुईतिहाइ ल्याउने सन्देश दिँदैछौँ। माधव नेपालहरू बाहिरिँदै एमालेलाई केही घाटा भएको छैन’, उनले भने, ‘माधव नेपाल र झलनाथ खनालहरूले छाडेपछि एमालेले तीव्र गति लियो। उनीहरुले छाडेपछि एमालेमा लहर आएको छ। महाधिवेशनबाट एकतावद्ध एमालेको सन्देश दिँदैछौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस