काठमाडौं।
गोरखाको अजिरकोट गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विज्ञापन
पालिकाको वडा नं ५ मा मंगलवार आयोजित कार्यक्रममा कांग्रेस, एमाले, समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरि ४७ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा माओवादी केन्द्रका नेता दिपक देवकोटाले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरे ।
नेपाली कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको भनिएका स्थानीय नेता कार्यकर्ता पनि आजै नेकपा माओवादीमा फर्किएको नेता दिपक देवकोटाले जानकारी दिए ।
एमाले, कांग्रेस, समाजवादी तथा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने समेत नेता देवकोटाले बताए ।
फेसबुक प्रतिक्रियाहरु