आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • गुटको राजनीतिले एमालेलाई ठूलो नोक्सान पुर्‍यायो : शाक्य
समाचार

गुटको राजनीतिले एमालेलाई ठूलो नोक्सान पुर्‍यायो : शाक्य

काठमाडौं।

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा प्यानलगत चुनाव नहुने बताएकी छन्। बुधवार दशौं राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमुखीकरण कार्यक्रममा उनले सर्वसम्मत नेतृत्व चयन हुने बताइन्।

विज्ञापन

अघिल्लो महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा जाँदा पार्टीलाई ठूलो नोक्सान पुगेको उनको भनाइ छ। शाक्यले भनिन्, ‘हामी हिजो प्यानलगत चुनावमा गयौं। अत्यन्तै दुःखलाग्दो स्थिति बन्यो। प्यानलगत चुनाव नगरौं, नगरौं भन्दा पनि हामी गयौं। धैर्यता राख्न सकेनौं।’

विज्ञापन

उनले अगाडि भनिन्, ‘त्यसले पार्टीलाई ठूलो नोक्सान पुर्‍यायो। अब प्यानलगत चुनाव कुनै पनि हालतमा हुँदैन। सर्वसम्मत सहमतिका साथ नेतृत्व चयन हुन्छ।’ एमाले कमजोर बन्न नहुने उनको भनाइ छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस