शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • कांग्रेसलाई ओलीको प्रश्‍न- एमालेसँग एक्लै लड्ने दम छ ?
समाचार

कांग्रेसलाई ओलीको प्रश्‍न- एमालेसँग एक्लै लड्ने दम छ ?

नेपालगन्ज।

 

विज्ञापन

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्ने कसैको हिम्मत नभएको बताएका छन् । नेपालगन्जमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले कांग्रेसलाई प्रश्न गरे, ‘नेपाली कांग्रेसलाई म सोध्न चाहन्छु– एमालेसँग एक्लै लड्ने दम छ ?’ उनले गठबन्धनबिना आए जुनसुकै पार्टीको जमानत जफत हुने दाबी गरे ।

विज्ञापन

कांग्रेसले प्रधानमन्त्रीको कुर्सीका लागि बीपीको सिद्धान्त बिर्सिएको ओलीले बताए । कांग्रेस प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डपथमा हिँडेको टिप्पणीसमेत उनले गरे । ‘कहाँ छ कांग्रेसमा बीपीको सिद्धान्त ? उसलाई प्रधानमन्त्रीको कुर्सी पायो भइहालेको छ,’ अध्यक्ष ओलीले भने, ‘कांग्रेस एक्लै हिँडिरहेको छैन । नेपाली कांग्रेस अहिले चार वटा बैशाखी टेकेर हिँडेको छ ।’

 

ओलीले माओवादी कार्यकर्तालाई एमालेमा आउन आह्वानसमेत गरे । उनले देउवाको पंखा हम्काएर बस्ने प्रचण्डको पछाडि लागेर केही नहुने समेत बताए । ओलीले एमाले अब विवादरहित ढंगले जनताको काम गर्दै अघि बढेको बताए। ‘एमालेमा अब अहंकार भएको मान्छे छैनन्,’ माधव नेपालको नाम नै नलिएर ओलीले भने, ‘केपी ओलीलाई भेट्दिनँ भन्ने अनि मुसा बनेर खुर्ररर बुढानीलकण्ठ जाने । यस्तो कुलंगार प्रवृत्ति हटेको छ ।’

ओलीले अदालत लडाइँ, कालोपट्टी, बन्द आन्दोलनको थलो भएको बताउँदै जनताको समस्या नहेर्ने र तलब भत्ता लिने न्यायाधीश हुनु दु:खद् भएको बताए । स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्र, गिरिजा पाठक, खजुराका नेता करिम खाँलगायत एमालेमा प्रवेश गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस