सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
समाचार

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

Renu Dahal

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको रिट पेशी चढेको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी तोकिएको छ।

विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।

विज्ञापन

न्यौपानेको रिटमा दुई प्रधानमन्त्रीविरुद्ध पनि रिट दायर हुनु पर्ने माग गरिएको छ।

यसअघि यो रिटको सुनुवाई गर्दै सर्वोच्चले उनीहरुविरुद्ध मुद्दा नचलाउने निर्णयको फायल झिकाएको थियो।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदै बालुवाटार विस्तार भएको थियो। त्यही निर्णयका कारण नक्कली मोही खडा गरेर व्यक्तिको नाममा जग्गा पुगेको थियो।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस