काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी नेपाललाई उपयुक्त नभएको बताउनुभएको छ ।
केसीले एमसीसी नेपालमा लागु गरेर अमेरीकाले अधिनायकवाद सृजना गर्न खोजेको भन्दै दान दिन लोरो देखाउन नपर्ने प्रष्ट पार्नुभयो ।
विज्ञापन
नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दैउहाँले सो एजेन्डा लागु गर्न नेपाली शिर्ष नेताहरुनै एजेन्ट भएर लागि परेको तर नेपाली जनतालाई यस्ता प्रवृती किमार्थ मान्य नहुने उहाँको भनाइ छ ।
विज्ञापन
नेपालको असंलग्नताको विदेश नितिलाई ध्वजा–ध्वजा बनाएर एमसीसी मार्फत अमेरीकाले चिन विरोधी अखडा बनाउन दुसप्रयास गरिएको उहाँको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु