शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन इण्डो प्यासिफिक अमेरिकाले रणनीति : ओली
समाचार

चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन इण्डो प्यासिफिक अमेरिकाले रणनीति : ओली

काठमाडौँ ।

 

विज्ञापन

 

विज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले चीनको प्रगति रोक्न र एसियालाई शक्ति केन्द्र बन्न नदिन अमेरिकाले इण्डो प्यासिफिक रणनीति ल्याएको बताएका छन्।

 

ओलीले शुक्रबार गोदावरीमा सुरु भएको विधान अधिवेशनमा भने- विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन देखा परेको छ । लामो समयसम्म युरोप अमेरिका केन्द्रित विश्व ढाँचामाथि चीनको उदय, शक्तिशाली राष्ट्रका रूपमा रुसको पुनरागमन, विक्स, सांघाई सहकार्य संगठन जस्ता क्षेत्रीय शक्ति र संगठनहरूले चुनौती दिएका छन्, विश्व बहुध्रुवीय बन्दै गएको छ ।

 

 

चीनसँगको सम्बन्ध लगायत प्रश्नमा युरोपले सापेक्ष दृष्टिकोण राख्न थालेको छ ।’ उनले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेकाले त्यसलाई रोक्ने प्रयास जारी रहेको उल्लेख गरेका छन्।

 

 

विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न थालेको र अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्टाट्रेजी यसै विषयतिर लक्षित रहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले हालै अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता ‘कोकस’ले यस क्षेत्रमा तनाव सिर्जना गरेको पनि राजनीतिक प्रतिवेदन प्रस्ताव गर्ने क्रममा बताए।

 

 

उनले अल्पविकसित र विकासशील राष्ट्रहरूलाई अप्ठेरोमा पार्ने प्रयास विश्वभरिका शक्तिकेन्द्रहरुबाट भइरहेको उल्लेख गरे। अल्पविकसित र विकासशील राष्ट्रहरूले पाउनुपर्ने सहयोग कटौती भएको उल्लेख गर्दै ओलीले राष्ट्रसंघ र यस अन्तर्गत मानव अधिकार परिषद्जस्ता संयन्त्रलाई निस्प्रभावी बनाउने प्रयास भइरहेको बताए।

 

 

हतियारको उत्पादन र भण्डारणबाट विश्वशान्ति खल्बल्याउने प्रयास भइरहेको पनि ओलीको आरोप थियो। उनले ल्याटिन अमेरिका र विभन्न क्षेत्रमा बामपन्थी सरकारलाई असफल पार्ने षड्यन्त्र भइरहेको तर त्यहाँ बामपन्थी आन्दोलन अझ उत्साहका साथ अघि बढेको पनि प्रतिवेदन प्रस्तुत गर्ने क्रममा भनेका थिए। एमालेको विधान अधिवेशन शुक्रबार सुरु भई आइतबार सकिँदै छ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस