शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • पुरानो मेडिकल कलेजले गर्‍यो ग्यास उद्योगको क्षमता बृद्धि, चितवनमा दैनिक १६० सिलिण्डर अक्सिजन थपियो
समाचार

पुरानो मेडिकल कलेजले गर्‍यो ग्यास उद्योगको क्षमता बृद्धि, चितवनमा दैनिक १६० सिलिण्डर अक्सिजन थपियो

Renu Dahal

चितवन ।चितवनमा दैनिक १६० सिलिण्डर अक्सिजन ग्यास थपिएको छ । कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को व्यवस्थापनमा सञ्चालित सिद्धिबिनायक अक्सिन ग्यास उद्योगको क्षमता बृद्धि गरिएको हो ।

गैंडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता बृद्धि गरिए पछि दैनिक १६० सिलिण्डर अक्सिन थप हुने अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनुभयो । यस अघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ ।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता बृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताउनुभयो । यसले जिल्लामा कोभिड संक्रमितको उपचारमा थप सहजता हुने उहाँको भनाई छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस