शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • एमालेभित्रको परिस्थितिमा कुनै परिवर्तन आएको छैन् : रामकुमारी झाँक्री
Breaking News

एमालेभित्रको परिस्थितिमा कुनै परिवर्तन आएको छैन् : रामकुमारी झाँक्री

राष्ट्रिय सभाको आज भइरहेको उपनिर्वाचनमा कसलाई भोट हाल्ने भन्ने विषय आफूहरुको निम्ति गौण रहेको एमाले नेतृ तथा संघीय सांसदकी माननीय रामकुमारी झाँक्रीले बताउनुभएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गर्दै जारी गर्नुभएको अपिलतर्फ संकेत गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

विज्ञापन

सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै झाँक्रीले लेख्नुभएको छ ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने ? यो मामुली प्रश्न हुनसक्थ्यो तर हामी अहिले राजनीतिक स्पेसका लागि संघर्षरत छौँ । पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन ।’

विज्ञापन

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यसअघि समेत पार्टी एकताको सम्बन्धमा पटक पटक गर्नुभएका गतिविधिले अहिले भएको छलफलसमेत आशंकाको घेरामा परेको बताइन्छ । उहाँको हिजोको अपिलले पार्टी एकता मजबुत बनाउने नाममा भइरहेको हिजो साँझको वार्तासमेत अवरुद्ध भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस