शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा चैत २६ बाट सुरु हुने बिक्रम बाबा मेला स्थलको महानगरपालिकाद्वारा अवलोकन
समाचार

चितवनमा चैत २६ बाट सुरु हुने बिक्रम बाबा मेला स्थलको महानगरपालिकाद्वारा अवलोकन

चितवन। भरतपुर महानगरपालिकाले रामनवमी पर्व (बिक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । यहि चैत्र २६ गते देखि भरतपुर २३ जगतपुरमा सन्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।

बिक्रमबाबा मेला २०८० को सन्चालन ब्यबस्थापन तथा ब्यबसायीक क्रियाकलाप नियमन सम्बन्धी बिषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो । समितिका सयोजक एवं नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको टोलिले मेलाको सन्चालन ब्यबस्थापन तथा ब्यबसायीक क्रियाकलाप नियमन सम्बन्धी बिषयमा अध्ययन गरेको छ ।

विज्ञापन

मेलालाइ थप ब्यबस्थित गर्ने,हाल मेला स्थलमा देखिएका समस्याहरुलाइ समाधान गर्ने,मेलालाइ सफलतापुर्बक सम्पन्न गर्न सबैलाई आग्रह गर्ने लगाएतका बिषयहरुमा अनुगमन टोलि केन्द्रित भएको छ । अनुगमन टोलिले सदियौ देखि विभिन्न सस्थाहरुले सन्चालन गर्दै आएको बिक्रमबाबा मेलालाइ यस बर्ष देखि अन्य सघ सस्थाहरुको सहकार्यमा भरतपुर महानगरपालिकाले सन्चालन गर्ने तयारी समेत गरेको छ ।

विज्ञापन

अनुगमनमा भरतपुर २३ का अध्यक्ष दिपक दवाडी,भरतपुर महानगरका उप निर्देशक जगन्नाथ अर्याल,चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारी,घैलाघारी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लिलाराज भुषाल,केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेल लगाएतको सहभागिता रहेको थियोे ।

हरेक बर्ष चैते दशैको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पुजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुख लगायत मनोकांङ्च्छ्या पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ ।
चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवन सहित नवलपुर,नवलपरासी,तनहुँ,लम्जुङ्ग ,गोर्खा,मकवानपुर लगाएतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन । मेला बैशाख ११ सम्म सन्चालन हुनेछ ।

यसैबीच नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा ७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस्तै भरतपुर २३ का अध्यक्ष दिपक दवाडीको सयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस