On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरले विक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने
समाचार

भरतपुर महानगरले विक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने

आशिष अधिकारी

भरतपुर । भरतपुर महानगरपालिकाले विक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने भएको छ । विगतका वर्षहरुमा मेलालाई महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी गरेको छ ।

विज्ञापन

भरतपुर २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोलविकास संस्थाहरुसँग समन्वय र सहकार्य गरी मेला सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको छ ।

विज्ञापन

प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष पनि चैत २६ गते कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।

मेलालाइ सफल बनाउन नगर उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा ७ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने भरतपुर( २३ का वडा अध्यक्ष दीपक दवाडीको सयोजकत्वमा ७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

मेलालाइ सभ्य, भव्य, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरी काम शुरु भइसकेको छ । मुल समारोह समितिका सयोजक एवं नगर उपप्रमुख चित्रसेन अधिकारीले भने महानगरपालिका यसपटकदेखि विक्रमबाबा मेलालाई महानगरको ब्रान्डको रुपमा स्थापित हुने गरि लैजान चाहन्छ ।

धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार गर्नु हामी सबैको दायित्व हो । उनले भने । महानगरपालिकाले मेला सञ्चालन अवधिभर आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरु मेला स्थलमा लैजान शुरु गरिसकेको छ । यस्तै मेला परिसरमा वडाको समन्वयमा सचिवालय गठन गरेर काम गर्न सुरु गरिसकिएको मेला कार्यसम्पादन समितिका सयोजक एवं वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

महानगरपालिकाले मेलामा प्रयोग हुने पार्किङ शुल्क दर पनि निर्धारण गरेको छ । जस अनुसार ठुला सवारी साधनको लागि एक सय रुपैयाँ, कारको लागि ८० रुपैयाँ, मोटरसाइकलको लागि २० रुपैयाँ र साइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै पानी २० रुपैयाँ, सादा खाना १ सय ५० रुपैयाँ, मस्म १ सय २० रुपैयाँ, चाउमिन ८० रुपैयाँ, जेरी पुरी एक सय रुपैयाँ र चिया २५ रुपैयाँ निर्धारण गरिएको छ ।
मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ । भक्तजनहरुको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवीप्रकोप तथा उद्वारको लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र शशत्र प्रहरी बलले लिने छ ।

हरेक वर्ष चैते दशैँको समयमा विक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् ।

सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहि आएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्दछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस