शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • थाइराइडदेखि पाचन र महिनावारी समस्याका लागि अमृत समान धनियाँपानी
समाचार

थाइराइडदेखि पाचन र महिनावारी समस्याका लागि अमृत समान धनियाँपानी

काठमाण्डौं । हरेक नेपालीको भान्सामा बेसार, खुर्सानी, दालचिनी, धनियाँ आदिको प्रयोग हुन्छ। यी सबै मसलाहरू खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । खानाको स्वादसँगै यिनीहरुमा धेरै औषधीय गुणहरू पनि हुन्छ ।

मसलाहरु मध्ये धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, भिटामिन सी, भिटामिन के आदि जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन्। त्यसैले बिहान खाली पेटमा धनियाँको दानाको पानी पिउनु निकै फाइदाजनक मानिन्छ । जानौँ धनियाँ पानी पिउनुका फाइदाहरू।

विज्ञापन

थाइराइड नियन्त्रण हुन्छः थाइराइड रोगीका लागि धनियाँको पानी अमृतभन्दा कम छैन । यसलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।

विज्ञापन

पाचन स्वस्थ रहन्छः बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसले एसिडिटीको समस्याबाट जोगाउँछ, जसले गर्दा जलन, ग्यास जस्ता समस्याहरू हुँदैन।

तौल नियन्त्रणमा रहन्छः धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ, जसले भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।

महिनावारीको दुखाइ कम हुन्छः महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प हो।

छालाका लागि पनि फाइदाजनक हुन्छः धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ। यसले छालाको रङ्ग निखार्छ र बुढ्यौली पनि सुस्त हुन्छ।

रगतमा चिनी नियन्त्रण हुन्छः धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ । (एजेन्सीको सहयोगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस