शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • घाटीमा गिर्खाहरू देखा पर्नु हुनसक्छ मुखको क्यान्सर
समाचार

घाटीमा गिर्खाहरू देखा पर्नु हुनसक्छ मुखको क्यान्सर

काठमाण्डौं। मुख सफा र स्वस्थ रहन अति जरुरी छ । तर सानातिना बेवास्ताका कारण घातक रोग पनि मुखमा लाग्न सक्छ । बेवास्ता तथा अज्ञानताका कारण मुखको क्यान्सर पनि हुनसक्छ । यहाँ मुखको क्यान्सरका लक्षण र क्यान्सर हुने कारण प्रस्तुत गरिएको छ ।

मुखको क्यान्सरको विशेष कारण यही नै हो भनेर भन्न नसकिए पनि सामान्यत: विभिन्न लक्षणहरू देखिन सक्छन् । निम्न लक्षण वा चिन्ह देखिएमा मुखको क्यान्सर हो कि भनेर जचाउन जरुरी हुन्छ :

विज्ञापन

– मुखमा दाग, धब्बा वा पत्र देखिनु,
– स्वाद फरक पाउनु,
– घाटीमा गिर्खाहरू देखा पर्नु,
– मुखमा नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु,
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु,
– मसलादार खाना खाँदा पोल्नु,
– मुखमा घाउ, खटिराको आकार बढ्दै जानु र
– र्‍याल बढी आउनु ।

विज्ञापन

यसैगरी मुखको क्यान्सरलाई रोकथाम गर्न निम्न उपायहरू अपनाउन सकिन्छ :

– सुर्तीजन्य पदार्थको सेवन नगर्ने,
– मुखमा केही संक्रमण भइहाले तुरुन्त उपचार गर्ने,
– राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने,
– मद्यपान नगर्ने,
– मुखमा कुनैपनि घाउ खटिरा देखिए समयमै उपचार गर्ने,
– दाँतको समस्याको बेलैमा उपचार गर्ने,
– सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने र
– अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने ।
(राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस