शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईंका समर्थकद्वारा एनआईएमबी बैंकको सहायक म्यानेजरलाई दुर्व्यवहार, एक जना पक्राउ
समाचार

दुर्गा प्रसाईंका समर्थकद्वारा एनआईएमबी बैंकको सहायक म्यानेजरलाई दुर्व्यवहार, एक जना पक्राउ

झापा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्व्यवहार गरेको आरोप छ । ऋणको विषयमा छलफल गर्न भन्दै प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको छ । ऋणको विषयमा छलफल गर्न भन्दै पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।

 

प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस