शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कप क्रिकेट महिला छनोटमा काठमाडौंको लगातर दोस्रो जित
समाचार

प्रधानमन्त्री कप क्रिकेट महिला छनोटमा काठमाडौंको लगातर दोस्रो जित

चितवन । खुशी डंगोलको कसिलो बलिङ मद्तमा काठमाडौंले बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा लगातर दोस्रो जित हात पारेको छ ।

भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आज सम्पन्न पहिलो खेलमा अधिकाशं राष्ट्रिय खेलाडी सम्मिलित काठमाडौंले ललितपुरविरुद्ध ८ विकेटको जित हात पारेको हो । काठमाडौंले ललितपुरले दिएको ४२ रनको झिनो लक्ष्य १३ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

विज्ञापन

काठमाडौंका लागि अस्मिता खरेलले ३३ बलमा नटआउट १३ रन बनाईन् । यसोदा बिष्टले ५ तथा एईली यादवले ४ रन जोडिन् । ललितपुरकी मनिषा उपाध्यायले २ विकेट लिईन् ।

विज्ञापन

त्यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले १८ ओभर ५ बलमा अलआउट हुँदै ४१ रन मात्रै जोड्न सक्यो । ललितपुरका कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सोनी पाख्रिन ६ रनमा आउट भईन् । सम्भाब्य ढकाल ५ रनमा नटआउट रहिन् ।

ललितपुरलाई सस्तैमा समेट्न काठमाडौंकी लेग स्पिनर खुशी डंगोलले ६ विकेट लिईन् । बिपाशा शाहीले २ तथा करिश्मा गुरुङले एक विकेट लिईन् । खुशी प्लेयर अफ दि म्याच बनिन् । काठमाडौंले यस अघि पहिलो खेलमा भक्तपुरलाई हराएको थियो । ललितपुरको यो पहिलो हार हो । ललितपुरले पहिलो खेलमा चितवनलाई पराजित गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस