शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरका सहकारीमा लापरवाही बढेपछि महानगरको अनुगमन सुरु
समाचार

भरतपुरका सहकारीमा लापरवाही बढेपछि महानगरको अनुगमन सुरु

चितवन। भरतपुर महानगरपालिकाले सहकारीहरुको अनुगमन गर्न शुरु गरेको छ। आफ्नो क्षेत्राधिकार भित्र संचालनमा रहेका सहकारीहरुलाइ नियमन र नियन्त्रण गर्नका लागि महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।
सहकारीहरुमा व्यापक मात्रमा अनियमितता भएको,दर्ता तथा नविकरण नभएको,शेयर सदस्यहरुलाइ सुचना नै नगरी साधारणसभा गर्ने गरेको,समयमा अडिट नगरेको जस्ता व्यापक गुनासोहरु आएको भन्दै महानगरपालिकाको सहकारी तथा रोजगार पबर्द्वन शाखाले बुधबारबाट अनुगमन कार्यलाइ कडाइका साथ शुरु गरेको हो।

 

विज्ञापन

बुधबार महानगरले वडा न २७ र २८ मा रहेका विभिन्न सहकारीहरुमा छड्के अनुगमन गरेको हो । भरतपुर २८ मा रहेको दोभान बचत तथा ऋण सहकारी सस्था,मेघौली मध्यबर्ती बचत तथा ऋण सहकारी सस्था,भरतपुर २७ मा रहेको साना किसान कृषि सहकारी सस्था लगाएत अन्य सहकारी सस्थाहरुमा अनुगमन गरेको हो ।

विज्ञापन

नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमनलाइ निरन्तर र कडाइका साथ लैजाने निर्णय गरेको छ । सहकारीहरुमा देखिएको अनियमितता र अपारदर्शीतालाइ आम उपभोक्ताहरुको माझमा प्रष्ट हुने गरि लैजान यो अनुगमन सार्थक हुने छ नगर उप प्रमुखले भन्नुभयो,यो अनुगमन अब निरन्तर रुपमा जारी रहनेछ । सहकारीहरुमा देखिएको नैराश्यतालाइ महानगरपालिकाले अब कडाकका साथ अचुक औषधिको प्रयोग गरेर कानुनी दायरामा ल्याउने छ उप प्रमुखको भनाइ छ ।

 

सबैले राम्रो वा सबैले नराम्रो गरेको छैनन । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’ उप प्रमुखले भन्नुभयो । यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् ।

छिटो, छरितो र आधुनिक बैंकिङ सेवा दिन सहकारीहरु अब्बल बन्दै गएका बखत केही खराब सहकारीहरुको कारण यस क्षेत्रको मुल्य र मान्यतामा ह्रास आएको टिप्पणी गर्नुहुदै नगर उप प्रमुख अधिकारीले सहकारी संस्थाहरु आधुनिक बैंकिङ सेवा दिएर सदस्यलाई सन्तुष्टि प्रदान गर्नुको सट्टा शेयर सदस्यहरुको लगानीलाई नै हिनामिना गर्न तिर लागेको भन्दै त्यस्तो लापरबाही गर्ने छुट कुनै पनि सहकारीलाई नभएको प्रष्ट पार्नुभयो ।

नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि महानगरले नयाँ ढंग र नयाँ शैलीबाट सहकारी अनुगमन गरेको छ ।
नेपालको गरिबी निवारणका लागि सहकारी सशक्त माध्यम भएको उल्लेख गर्नुहुदै उप प्रमुखले सहकारीलाई व्यवस्थित र सहकारीको सिद्धान्त अनुसार चलाउन सबै सहकारी सस्थाहरुलाइ आग्रह पनि गर्नुभयो ।

सहकारी तथा रोजगार पबर्द्वन शाखाका शाखा प्रमुख रोजी केसिले अनुगमनका क्रममा देखिएका त्रुटिहरुलाइ सच्चाएर आगामी दिनमा पार्दर्शिताका साथ काम गर्न सहकारीहरुलाइ आग्रह गरिएको बताउनु भयो ।

केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने निष्कर्ष अनुगमन टोलिले निकालेको छ । हाल भरतपुर महानगरपालिकामा ३ सय ६३ वटा सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।
अनुगमनमा लेखापाल फडिन्द्र खनाल, शाखाका समन्वयकर्ता सुकदेब ढकाल लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस