शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • मन्त्री किरातीको गुनासो : राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गर्‍यो भन्छन्
Breaking News

मन्त्री किरातीको गुनासो : राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गर्‍यो भन्छन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।

पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ट गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

‘हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिँदैन, स्टन्ट भनिन्छ,’ उनले भने, ‘सरसफाई नीति बनाएर लागू गरिएको छ, म आफैं सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु, मिडियाहरुले नै खिसी गरेर उडाउँछ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस