सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • समाचार
  • पिकनिक खान गएका भरतपुरका दुई युवा त्रिशूलीमा बेपत्ता
समाचार

पिकनिक खान गएका भरतपुरका दुई युवा त्रिशूलीमा बेपत्ता

चितवन ।
त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–२९ गाईघाट त्रिशूली किनारमा पिकनिक खान गएका दुई युवालाई नदीले बगाउँदा बेपत्ता भएका हुन् । भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर २९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए। मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको भनाइ छ।

विज्ञापन

उनीहरूको खोजीमा विपद् व्यवस्थापनको उद्धार टोलीसहित प्रहरी जुटेको प्रहरीको जनाएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस