शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • केन्द्रीय बस ट्रमिनललाई नमूना बस पार्कका रुपमा विकास गर्छौं : रेनु दाहाल
चितवन विशेष

केन्द्रीय बस ट्रमिनललाई नमूना बस पार्कका रुपमा विकास गर्छौं : रेनु दाहाल

चितवन। भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने भएको छ। भरतपुर –९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिइन्।

बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले बताइन्। सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरिन्।

विज्ञापन

बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाईको कामलाई एक साथ अगाडि बढाईएको जानकारी दिइन्। नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उनको भनाई छ। जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि राखिन्।

विज्ञापन

महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विकास संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन्। विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ।

करिब १ सय ९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन्। संस्थाले ३० कठ्ठामा फुल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस